असार २६, २०८२ बिहिबार July 10, 2025

नेविसंघको टिकटमा विवाद भए महाधिवेशन निर्देशन समितिले सुल्झाउने

उम्मेदवारी चयनका क्रममा संघभित्र कतिपय समस्या उब्जिएपछि संघका अध्यक्षलाई पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)मा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु० निर्वाचनमा उम्मेदवार चयनमा समस्या भएको अवस्थामा निर्देशक समितिलाई गर्ने अधिकारी दिइएको छ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघका अध्यक्ष दुजाङ शेर्पालाई पत्राचार गर्दै उम्मेदवारी चयन गर्नलाई कतिपय ठाउँमा अन्तिम निर्णय हुन नसकेको अवस्थामा बाधा अड्काउ फुकाउ गरी आवश्यक सहजीकरण गर्नका लागि पार्टीले गठन गरेको निर्देशक समितिलाई अधिकारी दिइएको जानकारी गराएका हुन् ।

नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशक समितिको संयोजकको जिम्मेवारी पार्टीले पार्टीका सह–महामन्त्री किशोरसिंह राठौरलाई दिएको छ ।

सभापति देउवाले उम्मेदवारी चयनका क्रममा संघभित्र कतिपय समस्या उब्जिएपछि संघका अध्यक्षलाई पत्राचार गरेका हुन् । उनले आवश्यक समन्वयका साथै स्ववियु निर्वाचनलाई सहज ढंगले अघि बढाउन र विजय हासिल गर्न पार्टीकातर्फबाट शुभकामना पनि दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया