असार २६, २०८२ बिहिबार July 10, 2025

मगर राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा दीपक थापा चर्तीमगर

पूर्वको कोशी प्रदेश नामाकरण परिवर्तन र मुक्कुमलुङ आन्दोलनको जोडदार समर्थन गर्ने एजेन्डा पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेकपा माओवादी केन्द्रको भातृ संगठन मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको अध्यक्षमा दीपक थापा चर्तीमगर चयन भएका छन् ।

बुटवलमा दुई दिनसम्म चलेको छैटौँ राष्ट्रिय सम्मेलनले चर्तीमगरको नेतृत्वमा १५१ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित चर्तीमगर गण्डकी प्रदेशका पूर्वमन्त्री समेत हुन् ।

मोर्चाको वरिष्ठ उपाध्यक्षमा माधव दर्लामीमगर, उपाध्यक्षहरूमा चिनीमाया कालामगर, मिनबहादुर घर्तीमगर, टोपबहादुर दर्लामीमगर, लीला सोमैमगर, छमाया थापामगर, लोकेन्द्र थापामगर, अनिता थापामगर, हिराबहादुर थापामगर, सबिना बुढामगर, होमराज खपाङगीमगर, भक्तबहादुर लुङगेलीमगर, सारदा पुनमगर, र मालबहादुर बुढामगर रहेका छन् ।

यसैगरी महासचिवमा जीवन प्रवेश रोकामगर, उपमहासचिवहरूमा तीर्थ थापामगर, विशाल पुनमगर, मनोज रानामगर, खगेन्द्र पुनमगर, सिद्धबाबा थापामगर रहेका छन ।

यसैगरी सचिवहरूमा वीरमान घर्तीमगर, टिकासरी बुढामगर, हरिबहादुर थापामगर, धनबहादुर पुनमगर, चन्द्रबहादुर बुढाथोकीमगर, केशव थापामगर, यम खपाङगीमगर, दीपक थापामगर, टुगा थापामगर र कोषाध्यक्षमा अम्बिका खुलामगर रहेका छन ।

महाधिवेशनपछि बुटवलमा पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चर्तीमगरले विगतदेखि उठाउँदै आएको मगरात स्वायत्त प्रदेशको एजेन्डा कायम रहेको बताउँदै पूर्वको कोशी प्रदेश नामाकरण परिवर्तन र मुक्कुमलुङ आन्दोलनको जोडदार समर्थन गर्ने एजेन्डा पारित गरिएको बताए ।

महाधिवेशनको उद्घाटन गत बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया