असार २६, २०८२ बिहिबार July 10, 2025

नेविसंघद्वारा स्ववियु निर्वाचनको घोषणापत्र सार्वजनिक, के-के छन् प्रतिबद्धता (पूर्णपाठ सहित)

त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र संग्रह गरी अभिलेख निर्माण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत १ गते। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेविसंघले घोषणापत्र सार्वजनिक गरेको हो।

जारी घोषणापत्रअनुसार नेविसंघले स्मार्ट शिक्षाको नीति लिएको छ। हरेक विश्वविद्यालय तथा क्याम्पसमा डिजिटल लाइब्रेरी र निःशुल्क वाइफाइ व्यवस्थापन गरिने, विद्यार्थी स्वयंको सक्रिय सहभागिता र नेतृत्वमा डिजिटल माध्यममार्फत् ज्ञान सिर्जना, संग्रह र प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिने र अनुसन्धान, रचनात्मक लेखन, शैक्षिक सामग्री निर्माण तथा डिजिटल पुस्तकालय विस्तारलाई प्रोत्साहन गरिने नेविसंघले घोषणा पत्रमा उल्लेख गरेको छ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका हालसम्मका सम्पूर्ण शोधपत्र संग्रह गरी अभिलेख निर्माण गरिने, क्याम्पस परिसरमा सस्तो तथा निःशुल्क छात्रावासको व्यवस्था गर्न पहल गर्ने, व्यावहारिक शिक्षा सुधार तथा ‘पेड इन्टर्नसिप’ कार्यक्रमको समेत अगाडि सार्ने नेविसंघको घोषणा पत्रमा उल्लेख छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघले विगतमा आफूहरुले गरेको वाचा सबै पूरा गरेको बताउनुभयो। नेविसंघ विद्यार्थीको हक, हित र मुद्दामा इमानदार भएको उहाँको भनाइ छ। विद्यार्थी आन्दोलनलाई रिब्राण्डिङ गर्न आफूहरुले स्पार्क मुभमेन्टलाई अगाडि बढाएको उहाँले बताउनुभयो।

जारी घोषणपत्र चार भागमा विभाजन गरेको छ।  ‘नयाँ युगको सुरुवातको लागि स्पार्क आन्दोलनको मुख्य उद्देश्य’ भन्ने नारा सहित घोषणपत्र जारी गरेको स्ववियु निर्वाचन २०८१ घोषणापत्र तयारी समितिका संयोजक विकल राईले जानकारी दिनुभयो।  

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार