श्रावण १, २०८२ बिहिबार July 17, 2025

पार्टी फुट्दैन, फुटाउन चाहने आफैँ सकिन्छन् : पूर्वमन्त्री तामाङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले अहिले चलिरहेको बहसले पार्टी नफुट्ने बताएका छन् । सिन्धुपाल्चोक चौतारामा शनिबार आयोजित कार्यक्रममा उनले पार्टीभित्रको विवादका विषयमा छलफल र बहस भइरहेको छ, यस्तो बहस हुँदैमा पार्टी विभाजन भइहाल्छ भन्ने प्रचार गर्नु गलत हो भने ।

“कम्युनिष्ट पार्टीको एकता भङ्ग गराउन अन्यत्रबाट षड्यन्त्र भइरहेको छ, त्यो सफल हुँदैन”, उनले भने, “पार्टी एकता विभाजन गराउन खोज्नेहरू आफैँ सकिन्छन् ।” कार्यक्रममा नेपाली कांग्रेस र राप्रपा नेपाल परित्याग गरी जिल्लाका दुई स्थानीय तहका करिब ७० स्थानीय नेताकार्यकर्ताले नेकपा प्रवेश गरेको घोषणा गरेका छन् ।

नेकपा जिल्ला पार्टी कार्यालयमा इन्द्रावती गाउँपालिका–३ का पञ्चलाल तामाङसहित झण्डै ३५ स्थानीय नेताकार्यकर्ता नेकपा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ का सांसद तामाङ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल र नेकपा जिल्ला अध्यक्ष झम्क नेपालले स्वागत गरेका हुन् ।

त्यस्तै शनिबार नै बलेफी–८ कागुनेमा पनि स्थानीयवासी राजेश तामाङ र इन्द्र श्रेष्ठको नेतृत्वमा करिब ५० युवा नेकपा प्रवेश गरेको बलेफी–८ का अध्यक्ष चरीबहादुर तामाङले जानकारी दिए ।

नवप्रवेशीलाई बलेफी गाउँपालिका अध्यक्ष तथा नेकपा प्रदेश कमिटी सदस्य केदार क्षेत्री, नेकपा बाह्रबीसेका अध्यक्ष ज्ञानेन्द्र राउत, जिल्ला कमिटी सदस्य प्रदीप पौडेल, कार्केल लामा र बलेफी–८ का अध्यक्ष तथा पालिका कार्यालय कमिटीका तामाङले स्वागत गरेका हुन् । नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार