असार २२, २०८२ आइतबार July 6, 2025

विधेयक पारित हुँदा शिक्षा क्षेत्रका धेरै समस्या हल हुन्छन् : राष्ट्रियसभा अध्यक्ष दाहाल

शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गरेका छन्।

शनिबार ललितपुरमा आयोजित बृहत्त शैक्षिक सम्मान कार्यक्रममा अध्यक्ष दाहालले पञ्चायतकालीन ऐनबाट निर्देशित हुनुपर्दा परिवर्तित सन्दर्भका समस्या समाधान हुन नसकेको भन्दै विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरु समाधान हुने विश्वास व्यक्त गरेका हुन्।

जनताका सम्पूर्ण मौलिक हक अधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन चाहिने कयौं ऐन कानुन बन्न नसको अवस्थामा संघीय संसदको चालू अधिवेशनबाट आवश्यक विधेयक पारित हुने उनले बताए।

उनले शैक्षिक क्षेत्रबाट उत्पादित दक्ष जनशक्तिले नै मुलुकको समग्र विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु सवैको दायित्व भएको धारणा राखे।

मुलकमा व्यवस्था परिवर्तन भए पनि महसुस हुने गरि जनताको जीवनस्तरमा रुपान्तरण हुन नसकेको अवस्थामा जनताले खोजेको खासमा शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धिका गम्भीर बन्नुपर्ने उनले बताए।

दाहालले जनतामा बढिरहेको निरासामाथि खेल्दै परिवर्तनविरोधी र पश्चगामी शक्तिहरुले फेरि टाउको उठाउने र संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि नै धावा बोल्ने षड्यन्त्रप्रति पनि सवै सचेत हुनुपर्ने धारणा राखे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार