असार २६, २०८२ बिहिबार July 10, 2025

लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशन यही चैत ८ र ९ गते हुने

केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनमा देशभरबाट एक हजार केन्द्रीय प्रतिनिधि सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ललितपुर। नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको प्रथम केन्द्रीय महाधिवेशन यही चैत ८ र ९ गते हुने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं महाधिवेशन निर्देशक समितिका सदस्य मदनकृष्ण श्रेष्ठले केन्द्रीय कार्यालय सानेपामा हुने महाधिवेशनमा देशभरबाट एक हजार केन्द्रीय प्रतिनिधि सहभागी हुने बताउनुभयो । हालसम्म छ प्रदेश, ७२ जिल्लाका १६० सङ्घीय निर्वाचन क्षेत्र, ३२० प्रदेशसभा र अधिकांश स्थानीय तहको अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

मधेस प्रदेशको अधिवेशन भने यही चैत ४ गते महोत्तरीको बर्दिबासमा हुने महाधिवेशन प्रचार–प्रसार उपसमितिका संयोजक माधव चौलागाईंले जानकारी दिनुभयो । नेपाल सरकारले गरेको वर्गीकरणअनुसार सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको महाधिवेशनमा सहभागिता रहने उहाँंले बताउनुभयो । महाधिवेशनमार्फत ३९ जना निर्वाचित र १२ जना मनोनीत गरी ५१ जनाको कार्यसमिति चयन हुनेछ ।

लोकतान्त्रिक अपाङ्ग सङ्घको विधानअनुसार केन्द्रीय समितिमा प्रदेशका अध्यक्षहरू पदेन सदस्य हुने व्यवस्था छभने कोषाध्यक्ष तथा दुईजना सहमहामन्त्री कार्यसमितिले चयन गर्ने उहाँले जानकारी दिनुभयो ।

महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहने गरी तीन सदस्यीय निर्देशन समिति गठन गरेको थियो । महाधिवेशन सम्पन्न गर्न १५ वटा उपसमिति र महाधिवेशन सचिवालयको गठन गरी कार्य प्रारम्भ गरिएको संयोजक चौलागाईंले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार