असार २६, २०८२ बिहिबार July 10, 2025

माओवादी केन्द्रको हुलाकी सडक केन्द्रित कार्यक्रम बारा, पर्सामा चैत्र ७ र ८ गते हुने

चैत १५ गते काठमाडौँमा गणतन्त्रवादीहरूको आयोजनामा हुने जनप्रदर्शनमा व्यापक सहभागिता गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । नेकपा माओवादी केन्द्रको हुलाकी सडक केन्द्रित तराई मधेस जागरण अभियान बारा र पर्सामा चैत्र ७ र ८ गते हुने भएको छ ।

पार्टीका मधेश प्रदेश इन्चार्ज मातृका यादवको विशेष उपस्थिति, पर्सा जिल्ला इन्चार्ज विजय महतोको अध्यक्षतामा वीरगञ्जमा बसेको बैठकले अभियानलाई सफल पार्न सबै तहका पार्टी नेता कार्यकर्ताहरूलाई एकताबद्ध भएर लाग्न निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय सदस्य, पूर्व प्रदेश कमिटी सदस्य, जिल्ला, पालिका कमिटी र जनवर्गीय सङ्गठनका नेता हरूको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

बैठकले चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवारहरूलाई जिताउन सबै पार्टी पङ्क्तिका नेता कार्यकर्ताहरू र विद्यार्थी सङ्गठन लाग्ने निर्णय गरेको छ । त्यस्तै चैत्र ७ र ८ गते जनतासँग माओवादीको जागरण अभियान सफल बनाउनका लागि पार्टीका सबै तहका कमिटी र जनवर्गीय सङ्गठनहरूले आ–आफ्नो स्थानबाट भूमिका खेल्न निर्देशन गरिएको छ ।

त्यस्तै चैत १५ गते काठमाडौँमा गणतन्त्रवादीहरूको आयोजनामा हुने जनप्रदर्शनमा व्यापक सहभागिता गराउने विषयमा पनि छलफल भएको नेकपा माओवादी केन्द्र मधेस प्रदेश इन्चार्ज मातृका यादवले जानकारी दिनुभयो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामबाबु बैठा, नेताहरू छोटेलाल यादव, रामदरश कुश्वाह, सुरेन्द्र गुप्ता, सबा अन्सारी, राजु बैठा, अमिताभ बच्चन दास, बालकृष्ण श्रेष्ठ, बलिराम साह, दुर्गा क्षेत्री, बाबुराम कौशिक, लगायत पालिका कमिटी, विभिन्न जनवर्गीय सङ्गठनका नेताहरूको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार