असार २५, २०८२ बुधबार July 9, 2025

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु – कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर – २ घर भएकी ७० वर्षीय कोरोना संक्रमित महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

योँसगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले निमोनियाका कारण शुक्रबार अस्पतालमा भर्ना भएकी महिलाको आज दिउँसो तीन बजे मृत्यु भएको जानकारी दिए । दुईदिन अघि उनमा कोरोना पुष्टि भएको थियो।

यसअघि मात्रै बाँकेमा कोरोना संक्रमणका कारण  दुई जनाको मृत्यु भइसकेको छ। नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवक र बैजनाथ गाउँपालिकाकी एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

आइतबार कोरोनाका कारण मृत्यु भएकी महिलासहित बाँकेमा मृतकको संख्या तीन पुगेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार