असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रियसभामा विभिन्न विधेयक पेस

राष्ट्रियसभाको अर्को बैठक यही चैत १३ गते दिउँसो १ः१५ बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० चैत । राष्ट्रियसभामा विभिन्न विधेयक पेस गरिएका छन् ।

सभाको आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१ पेस गरिएको हो ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ती विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले मुलुकको आर्थिक सुधारका लागि आर्थिक अनुशासन कायम गरिने बताए । उनले सीमित स्रोतसाधनका कारण मानवीय र भौतिक विकासका लागि विनियोजन हुने बजेटको उचित र अधिकतम् परिचालन गर्नुपर्नेमा जोड दिए ।

बजेट खर्च नहुने रकम मुलुकको सञ्चिति कोषमा जम्मा हुने उल्लेख गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले यसमा अन्यथा सोच्न नहुने बताए ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत १३ गते दिउँसो १ः१५ बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार