असार २६, २०८२ बिहिबार July 10, 2025

जनमत र नाउपावीच पार्टी एकीकरण गर्ने निर्णय

एकता गर्न दुवै पार्टी सम्मिलित कार्यदल मात्रै गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीले एकता गर्ने निर्णय गरेका छन् । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ, पार्टी संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतलगायत नेताले शुक्रबार र शनिबार नियमित संवाद गरेपछि पार्टी एकतालाई अन्तिम रूप दिएको हो ।

अध्यक्ष श्रेष्ठले नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय भएपछि कार्यदल गठन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नाउपा र जनमत पार्टी एकता गर्ने निर्णय भएको छ । चुनाव चिह्न र पार्टीको नाम छलफलकै क्रममा छ ।

एकता गर्न दुवै पार्टी सम्मिलित कार्यदल मात्रै गठन गरेका छौँ ।” अध्यक्ष श्रेष्ठका अनुसार नाउपाबाट कार्यदलमा गङ्गाराम चौधरी, सुनिता चौधरी, रामलाल डगौरा र जनमतबाट अब्दुल खाँण, सरदसिंह यादव, बालगोविन्द चौधरी रहनुभएको छ । उहाँले कार्यदललाई १५ दिनभित्र छलफल गरेर पार्टी एकतालाई अन्तिम रूप दिन निर्देशन दिएको बताउनुभयो । पार्टीको नाम, नेतृत्व र चुनाव चिह्नलाई लिएर एकता नरोकिने उहाँले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको कैलाली कञ्चनपुरको थारू आन्दोलनबाट उठेको पार्टी नाउपा र मधेशको पृथकतावादी आन्दोलनबाट उठेको जनमत पार्टी एकता गर्ने अवस्थामा पुगेका छन् । यदि दुई पार्टी एकता भएपछि सङ्घीय संसद्मा जनमतका छ जना र नाउपाको चार जना गरी कुल १३ सांसद हुने छन् तर नाउपाका अध्यक्ष श्रेष्ठले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) सँग भने तत्काल एकता नहुने जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार