श्रावण १, २०८२ बिहिबार July 17, 2025

लोकतन्त्रको अभ्यासका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्तः प्रवक्ता श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको उद्देश्य लोकतन्त्रको अभ्यास गर्नु र गराउनु रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार पोस्ट लेख्दै नेता श्रेष्ठले लोकतन्त्रको अभ्यासका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त रहेको बताएका छन् ।

पार्टीभित्रको अहिले देखिएको समस्याको बारेमा उनले लेखेका छन्, ‘हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो ।’

यो परिपाटीले समस्या समाधान नभइ झन् जटिल बनाउने भन्दै नेता श्रेष्ठले यसतर्फ सजग गराएका छन् । उनले पार्टी एकताको रक्षा गर्दै, सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढ्न आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा, खुला र स्प्ष्टरुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं। पार्टी एकताको रक्षा गरौं,समाजवादउन्मुख सामाजिक÷आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।‬’

यस्ताे छ नारायणकाजी श्रेष्ठ प्रकाशले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको स्टेटमेन्टः

​‪कम्युनिष्ट पार्टीको उद्देश्य समाजमा आज सम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु, गराउनु हो । त्यसका लागि पार्टी भित्र आन्तरिक लोकतन्त्र सुनिश्चित हुनु पहिलो शर्त हो । अत: नेकपाभित्र अन्तरपार्टी जनवाद, छलफल, बहस र अन्तरसंघर्षलाई पार्टीको जीवन र चालक शक्ति भनिन्छ । 

अन्तरसंघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन एवं विकास ,संगठनको व्यवस्थापन, परिचालन एवं ‪सुदृढीकरण र सामाजिक रुपान्तरणको क्रान्तिकारी उदेश्यमा योगदान पुर्याउँछ । अन्तरसंघर्षलाई सार्थक निष्कर्षमा पुर्‍याउन वैचारिक ,सैद्धान्तिक, राजनीतिक , प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ ।

हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टाभित्र एउटा कुरा ,बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा,अर्को ठाँउमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन बरु जटिल बनाउँछ ।

त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा, खुला र स्प्ष्टरुपमा छलफल गरौँ र सकारात्मक निकास निकालौं । पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं ।‬ 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार