काठमाण्डाैंः नेपालमा पछिल्लो चौबिस घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ । यसअघि आइतबार नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ४९३ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया