असार २२, २०८२ आइतबार July 6, 2025

‘सुदूरपश्चिम प्रदेश सरकार खेलकुदका संरचना निर्माण गर्ने अभियानमा’

हरेक नागरिकको आस्था फरक फरक रहने गरे पनि प्रदेश सरकारले सम्पूर्ण जातजातिको धर्म संस्कारको संरक्षण गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार खेलकुदका संरचना निर्माणको अभियानमा अघि बढेको बताउनुभएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ व्यवस्थितनगर खेलकुद मैदानमा निर्माण हुन लागेको ‘प्यारापिट’को आज शिलान्यास गर्दै मुख्यमन्त्री शाहले जिल्लाको प्राथमिकताका आधारमा खेलकुदको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “खेलकुदका क्षेत्रमा बजेट विनियोजन गर्दा जिल्लाका प्राथमिकताका आधारमा गरिएको हो, जिल्लाभर विभिन्न खेलकुदका संरचना निर्माण भइरहेका छन् ।” व्यवस्थितनगरको खेलकुद मैदानमा प्यारापिट निर्माण गर्न रु एक करोड विनियोजन गरिएको छ ।

मुख्यमन्त्री शाहले आजै लम्कीचुहा नगरपालिका–७ को हरैयापुर गाउँमा निर्माण हुन लागेको थारू समुदायको ‘देउथान मरुवा’को शिलान्यास गर्नुभयो । थारू समुदायको मठमन्दिरका रुपमा लिइने ‘देउथान मरुवा’ आस्थाको केन्द्रका रुपमा रहेको छ । यसको निर्माणका लागि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ ।

सो अवसरमा मुख्यमन्त्री शाहले हरेक नागरिकको आस्था फरक फरक रहने गरे पनि प्रदेश सरकारले सम्पूर्ण जातजातिको धर्म संस्कारको संरक्षण गर्नुपर्ने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार