असार २४, २०८२ मंगलबार July 8, 2025

विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२ दशमलव ५० कित्ता सेयर निष्कासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ आज बिहीबार चैत २१ गतेदेखि सर्वसाधरणका लागि खुला गरिएको छ ।

लघुवित्तले ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२ दशमलव ५० कित्ता सेयर निष्कासन गरेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया