काठमाडौं, चैत्र २७ । नेपाली बजारमा सुनको मूल्यमा लगातार ४ दिनको गिरावटपछि आज बुधबार वृद्धि भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, मंगलबार चाँदीको भाउ पछि प्रतितोला ५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया