असार २२, २०८२ आइतबार July 6, 2025

मधेस प्रदेश सभाको अधिवेसन अन्त्य

आइतवार राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर, ३१ चैत । मधेस प्रदेशसभाको चौथो अधिवेशन आज राती १२ बजेदेखि लागु हुने गरी अन्त्य हुने भएको छ ।

शनिबार बसेको मधेस प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिस अनुसार मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले चालु अधिवेशन अन्त्यको घोषणा गरेकी हुन् ।

प्रदेश प्रमुखको कार्यालयका कानुन अधिकृत सुरेन्द्र महतोले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषदबाट चौथो अधिवेशन अन्त्य गर्ने सिफारिस भई आए बमोजिम नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आइतवार राति १२ बजेबाट लागू हुनेगरी अधिवेशन अन्त्य गरिएको जनाएका हुन् ।

पुस २३ गतेदेखि चैत २८ गतेसम्म चलेको  चौथो अधिवेशनमा २३ वटा बैठक बसेको थियो भने यस अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार