असार २२, २०८२ आइतबार July 6, 2025

उपसभामुखहरूको तीन दिवसीय सम्मेलन लालगढमा शुरु

सम्मेलनमा अनुभव आदानप्रदान र सुधारात्मक सुझावहरू प्रश्तुत गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । धनुषाको लालगढमा सातै प्रदेशका उपसभामुखहरूको तीन दिवसीय सम्मेलन बिहीवारदेखि शुरु भएको छ ।

मधेस प्रदेशसभा सचिवालयद्वारा आयोजित सम्मेलनमा सङ्घीयता र संसदीय अभ्यास सुदृढीकरणका विषयमा गहन छलफल भइरहेको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सङ्घीयता कार्यान्वयनका उपलब्धिहरू प्रचारप्रसारमा कमजोर रहेको बताउनु भयो । उहाँले नेपाललाई आफ्नो पहिचानमा चिनाउँदै पर्यटनमार्फत अर्थतन्त्र सुदृढ गर्न सकिने धारणा राख्नुभयो ।

सम्मेलनमा संघ र प्रदेशका उपसभामुखहरू तथा संविधानविद् काशीशरण दाहालको सहभागिता रहेको छ । सम्मेलनमा अनुभव आदानप्रदान र सुधारात्मक सुझावहरू प्रश्तुत गरिनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया