असार २२, २०८२ आइतबार July 6, 2025

संघीय संसदका तीन समितिको बैठक बस्दैँ

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ५ बैशाख । संघीय संसद अन्तर्गतका ३ वटा समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्ने जनाइएको छ।

जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । जुन बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको मस्यौंदा बार्षिक प्रतिबेदन, २०८१-८२  माथी छलफल हुनेछ ।

उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुने जनाइएको छ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको सम्बन्धमा छलफल हुने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया