असार २२, २०८२ आइतबार July 6, 2025

दुई विधेयक प्रमाणीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी, १५ वैशाख : गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

प्रदेश प्रमुख भट्टले गण्डकी प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको धारा, २०१ को उपधारा २ बमोजिम प्रमाणित गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया