श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वालिङ (स्याङ्जा), १६ वैशाखः स्याङ्जाको आँधीखोला गाउँपालिका–५ जुग्ले हुँदै बाँगे जाने सडक कालोपत्र गरिएको छ । जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका–५ को बाँगेलाई जोड्ने गरी सडक कालोपत्र गरिएको हो ।

जुग्ले–बाँगे सडकखण्डको हाल जुग्ले–गोगनपानी खण्डको साढे तीन किलोमिटर सडक कालोपत्र गरिएको आँधीखोलाका अध्यक्ष विश्वनाथ पौडेलले बताउनुभयो । “आँधीखोला र फेदीखोला गाउँपालिकाका जनघनत्व धेरै रहेका गाउँलाई समेट्दै सडक कालोपत्र गरिएको छ”, उहाँले भन्नुभयो, “सामरिक महत्वका दृष्टिकोणका साथै भौगोलिक बनोट, खेतीपाती, विद्यालय, बजारको आवतजावतका लागि पनि यो सडकले गाउँ र शहरलाई जोडेको छ ।”

गाउँमा नागरिकको जनघनत्व धेरै रहेकाले उहाँहरुलाई गाउँमै टिकाइराख्न र गाउँमा बाह्रै महिना सडकको सहज पहुँच पु¥याउन यो सडकले महत्वपूर्ण टेवा दिने उहाँले बताउनुभयो । दश वर्षअघि ‘ट्र्याक’ खोलिएको सडकलाई आँधीखोलाले सङ्घीय सरकारसँगको समपूरक अनुदानअन्तर्गत बहुवर्षीय योजनाका रुपमा अगाडि बढाएको हो ।

विसं २०७९ माघमा सम्झौता भई निर्माण सुरु भएको सडक विसं २०८२ साउनभित्र सकिनुपर्नेमा समयावधिभन्दा पहिले नै निर्माण सकिएको उहाँले बताउनुभयो । “बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र झन्डै ६०० मिटर ढलान गरिएको छ”, उहाँले भन्नुभयो, “साढे तीन किलोमिटर सडक कालोपत्र र ढलान सकिएसँगै आँधीखोला गाउँपालिकाभित्र पर्ने सडक निर्माणसम्पन्न भएको हो, अब आउने वर्षमा फेदीखोला गाउँपालिकातर्फको सडक कालोपत्र सुरु हुन्छ ।”

सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत रु तीन करोड र आँधीखोलाको रु चार करोड ५५ लाख गरी कूल रु सात करोड ५५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । स्याङ्जा, कास्की र पर्वतको सीमामा अवस्थित पर्यटकीय स्थल पञ्चासे पुग्नका लागि पनि यो सडक निर्माणसँगै सहज हुने भएको हो ।

तीन किलोमिटर ५०० मिटर लम्बाइ यस पटक कालोपत्र गरिएको गाउँपालिकाका सिनियर सब–इञ्जिनियर सन्तोष सुवेदीले बताउनुभयो । सडक नालीसहित सात मिटर चौडाइको रहेको छ । सडक किनारामा पहेँलो घेराको रङ–रोगन गर्ने, सडकको दायाँ बायाँ किनारामा सुरक्षा बार लगाउने काम पूरा भएको उहाँले बताउनुभयो । सडक पाँच दशमलव ७५ मिटर चौडाइ रहनेगरी कालोपत्र गरिएको छ । ‘प्रिमिक्स कार्पेटिङ’ प्रविधिको कालोपत्र गरिएको उहाँले बताउनुभयो । उक्त सडक निर्माणका लागि विजय÷राङखोला सिद्धबाबा जेभीले ठेक्का सम्झौता गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार