श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

रत्ननगरमा पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नारायणगढ (चितवन), १७ वैशाखः चितवनको रत्ननगरमा ४५ दिने पुरुष सैलुनसम्बन्धी सीप विकास तालिम सुरु भएको छ । सीप विकासमार्फत युवालाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

उद्योग तथा वाणिज्य कार्यालय चितवनको आयोजनाम तथा रत्ननगर उद्योग वाणिज्य सङ्घको सहकार्यमा मङ्गलबारदेखि तालिम सुरु गरिएकोे कार्यालयका प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तालिममा पाँच महिला र २१ पुरुष सहभागी छन् । दुई जना प्रशिक्षकले ४५ दिनसम्म प्रयोगात्मक र सैद्धान्तिक रूपमा प्रशिक्षण दिनेछन् ।

सहभागीलाई तालिम पूरा अवधिभर बसेर सीप सिक्न आग्रह गर्दै उहाँले भन्नुभयो, “तालिम लिने भनेपछि पूरा समय बस्नुपर्छ, बीचमा छोडेर जानेलाई प्रमाणपत्र दिने छैनौँ ।”

तालिमको मुख्य उद्देश्य स्वरोजगार बनाउने र उद्योगी उत्पादन गर्ने रहेको भन्दै भन्दै प्रमुख पौडेलले एक जनाले एउटै प्रकारको तालिम लिएमा मात्र दक्ष बनिने बताउनुभयो । उहाँले उद्यमशीलतामार्फत जीविकोपार्जन सहज बनाउन स्वीकृत वार्षिक बजेटबाट दिन लागिएको सीप विकास तालिम फलदायक हुने विश्वास व्यक्त गर्नुभयो ।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले तालिम लिएर घरमा मात्र सीमित हुन नहुने धारणा राख्दै सीप सिकिसकेपछि उद्योगी तथा व्यवसायी बन्नुपर्ने बताउनुभयो । रत्ननगरमा व्यवसाय गर्न पालिकाले सहयोग गर्दै आएको जनाउँदै तालिमपछि दक्ष जनशक्तिले यही व्यवसाय गर्न चाहेको अवस्थामा सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाले उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो र बिनाब्याज रु तीन लाखसम्म कर्जा उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो ।

रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर गिरीले तालिमले व्यवसायीको सीप विकास गर्न सहयोग पुग्ने बताउनुभयो । स्वदेशमा स्वरोजगारको वातावरण सृजना गरी युवालाई आत्मनिर्भर बनाउन यस प्रकारका तालिम उपयोगी हुने उहाँको भनाइ छ ।

दक्ष जनशक्ति उत्पादन गर्न, सानो लगानीबाट व्यवसायी बन्न यस सिकाइले ऊर्जावान बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घले व्यवसायीको हित र विकाससँगै सामाजिक उत्तरदायित्वअन्तर्गत सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । हालको अवस्थामा पुरुष सैलुनप्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै उहाँले युवालाई विदेश पलायन हुनबाट रोक्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भनाइ राख्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार