श्रावण ८, २०८२ बिहिबार July 24, 2025

पत्रकार महासंघद्धारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवशरमा प्रभातफेरी

प्रेस स्वतन्त्रता हननमा वृद्धि भएको भन्दै चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख २० ।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले आज प्रभातफेरीको आयोजना गर्दै प्रेस स्वतन्त्रता हननमा वृद्धि भएको भन्दै चिन्ता व्यक्त गरेको छ।

‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव’ भन्ने मूल नारासहितको प्रभातफेरी रत्नपार्क शान्तिबाट सुरु भई भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो। कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्षमा योगदान दिने पत्रकारप्रति श्रद्धाञ्जली अर्पण गरियो।

महासङ्घकी अध्यक्ष निर्मला शर्माले देशभर पत्रकारहरूको अवस्था र प्रेस स्वतन्त्रता हननका घटनाको निरन्तर अनुगमन भइरहेको उल्लेख गर्दै यस वर्ष अघिल्ला वर्षको तुलनामा प्रेस स्वतन्त्रता हननका घटना बढेको बताइन्। उनले भने, “पत्रकारहरूको हत्या, धम्की, सञ्चारमाध्यममाथिको आक्रमण र दण्डहीनताको अवस्था अझै अन्त्य भएको छैन।”

उनले यस्ता घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न सरकारसँग माग गरिन्।

कार्यक्रममा महासचिव रामप्रसाद दाहाल, पूर्व कार्यवाहक अध्यक्ष रमेश विष्ट, र काठमाडौँ शाखा अध्यक्ष शोभा अर्याल लगायतले पत्रकारिता पेशाले लोकतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा पुर्‍याएको योगदान स्मरण गरे। उनीहरूले आज पनि पत्रकारहरू सत्य समाचार लेखेकै कारण आक्रमण, यातना र झमेलाको सामना गर्न बाध्य भएको उल्लेख गरे।

कार्यक्रमले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न, अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र प्रेस स्वतन्त्रतामा हस्तक्षेप बन्द गर्न सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिकित्सक संघद्वारा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न माग
२०८२ श्रावण ७, बुधबार
अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ
२०८२ श्रावण ७, बुधबार
‘हनी ट्र्याप’मा पारी १४ लाख असुल्ने महिला पक्राउ
२०८२ श्रावण ७, बुधबार
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार