श्रावण ८, २०८२ बिहिबार July 24, 2025

स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धरान (सुनसरी) २१ वैशाख : धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ ।

धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो । ‘बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरी’ले रु २३ करोड १५ लाखमा ठेक्का सम्झौता गरी निर्माण थालेको इन्जिनियर शर्माले बताउनुभयो ।

हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारका काम सम्पन्न भएका छन् । बसपार्कको बाह्य सडक, मार्बल, फल्स, सिलिङलगायत काम सम्पन्न भइसकेका छन् भने बसपार्क अगाडि केही बाटोको काम भइरहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले बताउनुभयो । इन्जिनियर शर्माका अनुसार भुइँ तलामा करिब तीन सय यात्रु बस्न मिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट, यात्रु ओर्लने तथा चढ्ने २२ अटो रहने छन् ।

भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ कोठा छन् । बसपार्कको अधिकांश काम सम्पन्न भइसकेको छ भने फिनिसिङका केही काम धमाधम भइरहेका छन् । सम्पूर्ण काम सम्पन्न गरेर आउँदो जेष्ठभित्र भवन हस्तान्तरण गरिने इन्जिनियर शर्माले बताउनुभयो ।

धरानमा लामो समयदेखि व्यवस्थित बसपार्क नहुँदा समस्या हुँदैआएको थियो । साँघुरो बसपार्कका कारण यात्रुलाई हुने सास्ती र समस्यालाई ध्यानमा राखेर उपमहानगरपालिकाले अत्याधुनिक भवनसहित स्मार्ट बसपार्क निर्माण थालेको हो । स्मार्ट बसपार्क निमार्णपछि सहज रुपमा यात्रा गर्न सकिने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार