असार २३, २०८२ सोमबार July 7, 2025

सुनको मूल्य तोलामै ६ सयले बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ । प्रतितोलामा छ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया