श्रावण ७, २०८२ बुधबार July 23, 2025

‘महानगर निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहान्छ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाह ‘बालेन’ले निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गर्न चाहेको बताएका छन्।

आज यहाँ निजी क्षेत्रका प्रतिनिधिसहितको बैठकमा उनले सबैको सहकार्यबाट नै देशभित्र रोजगारीको सम्भावना खोज्न सकिने र त्यसका लागि महानगर मिलेर अगाडि बढ्न तयार रहेको बताएका हुन्। उनले भने, ‘सहकार्यमा एकता हुन्छ, यसैबाट निराश भएका युवामा आशा जगाउन सकिन्छ। यो रोजगार र स्वरोजगार क्षेत्रका लागि प्रभावकारी परामर्श हुनेछ।’

महानगर प्रमुख शाहले यस वर्ष पनि आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा सीप मेला सञ्चालन गर्ने तयारी रहेको र महानगरले वर्षभरि नै सीपमूलक तालिम सञ्चालन गरिरहेको बताए। यस्ता तालिमबाट मानव पुँजीका रूपमा उत्पादन भएका जनशक्तिलाई रोजगारमा आबद्ध गराउन निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य अगाडि बढाइएका उनले बताए।

निजी क्षेत्रका प्रतिनिधिहरूले महानगरले गत वर्ष सञ्चालन गरेको ‘सीप मेला २०८१’ ले सीपयुक्त जनशक्ति र रोजगारदाता दुवै पक्षलाई पुलको काम गरेको धारणा राखे। उनीहरूले उद्योग क्षेत्रले भोगिरहेको जनशक्ति समस्या कम गराउन मेला उपयोगी भएको बताए।

‘नेपालमा डकर्मी, सिकर्मी, कपाल काट्ने, प्लम्बिङलगायत कामका लागि युवाहरूमा तत्परता देखिँदैन। यही काम विदेशमा गएर सजिलै गर्छन्। यसकारण यी पेसाहरूमा आकर्षण बढाउनुपर्छ। यी तुरुन्तै रोजगारी दिन सकिने ठाउँ हुन्’, निजी क्षेत्रका प्रतिनिधिहरूले भने।

बैठकमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, वैद्य ग्रुपका अध्यक्ष सुरज वैद्य, केएल दुगड ग्रुपका अध्यक्ष कुमुद दुगड, सूर्य नेपालका उपाध्यक्ष रवि केसीलगागतले आफ्नो धारणा राखेका थिए।

कामपा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले गत वर्ष सम्पन्न गरिएको मेलाका बारेमा जानकारी दिँदै त्यसबेला दुई हजार ८१ लाई तालिम दिने लक्ष्य राखिएकामा दुई हजार ७२५ जनालाई तालिम प्रदान गरिएको बताए।

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो। त्यसबेला ६८ हजार ८६६ जनाले आवेदन दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार