श्रावण ७, २०८२ बुधबार July 23, 2025

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

आगामी जेठ १४, १५ र १६ गते भव्य रूपमा दिवस मनाउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रूपमा मनाउन निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्य रूपमा दिवस मनाउने निर्णय गर्दै नागरिकहरूको सहभागितामा प्राप्त गणतन्त्रका उपलब्धिबारे जानकारी गराउनुपर्ने बताए।

मुख्यमन्त्री कार्कीले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धिका सम्बन्धमा अन्तरक्रिया र कार्यक्रम आयोजना गर्न निर्देशन दिए । प्रदेश सरकारले आगामी गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

जेठ १४ गते प्रदेशका मन्त्रीहरूको नेतृत्वमा मन्त्रालय, स्थानीय तहका प्रमुखको नेतृत्वमा पालिका, कार्यालय प्रमुखको नेतृत्वमा कार्यालय भवन, परिसर सार्वजनिकस्थल सरसफाइ गर्ने, सर्वसाधारण नागरिकहरूले आ–आफ्नो घरआँगन सरसफाइ गर्ने, लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि विषयक कार्यपत्र, अन्तरक्रिया, पत्रकार सम्मान तथा निबन्ध प्रतियोगिता गरी पुरस्कार वितरण गर्ने, साँझ दीपावली गर्ने जनाएको छ ।

त्यसैगरी, जेठ १५ गते मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, नेपाल, प्रदेश सरकार, स्थानीय कर्मचारीहरू ब्यान्डबाजासहित सुरक्षा निकायका कर्मचारीहरू, विभिन्न संघसंस्थाले रोडशेष चोकमा भेला भई प्रभातफेरी गरी महेन्द्र चोकमा आयोजित समारोहमा सहभागी भइ साँझ घरमा दीपावली गर्ने कार्यसूची बनाएको छ ।

जेठ १६ गते अस्पतालका बिरामीहरूलाई फलफूल वितरण, मानव सेवा आश्रमका वृद्धवृद्धाहरुलाई फलफूल वितरण गर्ने र साँझ दीपावली गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष सबै जिल्लामा, स्थानीय तहका प्रमुखको अध्यक्षतामा सबै स्थानीय तहमा गणतन्त्र दिवस भव्य रूपमा मनाउन पत्राचार गर्ने निर्णय गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुरे संरक्षणका लागि दोहन रोकौं : उपप्रधानमन्त्री सिंह
२०८२ श्रावण ७, बुधबार
मधेश प्रदेश विपद संकटग्रस्त क्षेत्र घोषणा
२०८२ श्रावण ७, बुधबार
प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित
२०८२ श्रावण ७, बुधबार
आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गरिँदै
२०८२ श्रावण ७, बुधबार
आज घण्टाकर्ण चतुर्दशी अर्थात् गठामङ्गल पर्व मनाइँदै
२०८२ श्रावण ७, बुधबार
काभा च्याम्पियन लिग : हेल्प नेपालले तेस्रो स्थानका लागि श्रीलङ्काली पुलिससँग खेल्ने
२०८२ श्रावण ७, बुधबार
त्रिदेशीय टी–२० शृङ्खलाको फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आमनेसामने
२०८२ श्रावण ७, बुधबार