सुनसरी । धरान उप-महानगरपालिका क्षेत्रबाट प्रहरीले ठुलो परिमाणमा लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्राप्त गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले मिति २०८२ साल वैशाख २३ गते बेलुका ७:४५ बजे धरान-३ स्थित क्वालिटी फुड कर्नर होटेल एन्ड लजको कोठा नम्बर ३ मा छापा मारेको थियो। सो क्रममा कोठामा लुकाई छिपाई राखिएको स्पास्मोप्रोक्सिभन (SpasmoProxyvon) का ३७० क्याप्सुल बरामद गरिएको छ। उक्त कोठाबाट जिल्ला कैलाली धनगढी घर भएका ३१ वर्षीय वसन्त राजवंशी ( निखिल) लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
त्यसपछि सोही दिन राति ८:१५ बजे धरान-८ स्थित सभागृह छेउमा रहेको ३८ वर्षीय मनोज विकको घरमा छापा मार्दा ८९२ क्याप्सुल स्पास्मोप्रोक्सिभन, ७० चक्की नाइट्रोसन र ४० बोतल ESCUF बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागू औषधको कारोबार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढेको देखिन्छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया