श्रावण ७, २०८२ बुधबार July 23, 2025

विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम

छनोटमा परेका उद्यमीले कृषि उपज, सागसब्जीखेती र पशुपन्छी उत्पादनलगायत उद्यम गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खोटाङ, २४ वैशाखः विपन्न महिलाको उत्थानका निम्ति केपिलासगढी गाउँपालिकामा ग्रामीण महिला नवउद्यम तथा अनुदान कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाका गरिब र कमजोर आर्थिक अवस्थाका नागकिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले जी फाउण्डेशनको सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रमअन्तर्गत अनुदानका लागि केपिलासगढी गाउँपालिका र जी फाउण्डेशनबीच सम्झौतासमेत भएको छ । फाउण्डेशनका सूचना अधिकारी अभिनी दीक्षितका अनुसार पहिलो चरणमा ११ महिला र चार पुरुष गरी १५ जना छनोटमा परेका छन् ।

छनोटमा परेका उद्यमीले कृषि उपज, सागसब्जीखेती र पशुपन्छी उत्पादनलगायत उद्यम गर्नुपर्ने छ । फाउण्डेशनले सन् २०२५ सेप्टेम्बरसम्म पालिकालाई प्राविधिक सहयोग गर्ने जनाइएको छ । सार्थ फाउण्डेशनले नयाँ उद्यम दर्ता, कृषि तथा पशुपन्छीपालनका लागि बीउ पुँजी, प्राविधिक सहयोग र परामर्श दिने जानकारी उहाँले दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया