चितवन, २५ वैशाखः रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ ।
निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।
केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उहाँ उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना हुनुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया