असार २१, २०८२ शनिबार July 5, 2025

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान

प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशसभाको बैठक वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गरेका हुन् ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्ले वैशाख ३१ गते प्रदेशसभाको छैटौं अधिवेशनको बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन् ।

पहिलो बैठकमा बैठक आह्वानसम्बन्धी सूचनाको जानकारी, समसामयिक विषयमा छलफल र शुभकामना अदानप्रदान हुने प्रदेशसभाले जनाएको छ । लुम्बिनी प्रदेश सरकारले वैशाख ४ गते सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने गरी तयारी गरेको छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै प्रदेशसभाको छैटौं अधिवेशनको पहिलो बैठक संविधानको धारा १८३ को उपधारा १ बमोजिम वैशाख ३१ गते बुधबार दिनको १ बजे बस्ने गरी आह्वान भएको जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार