श्रावण ६, २०८२ मंगलबार July 22, 2025

हुलाकी सडकले नरैनापुरको जीवन सहज बनायो

सडक बनेपछि नेपालगञ्जबाट नरैनापुरको सुइया बघौडासम्म दैनिक चारवटा सार्वजनिक बस सञ्चालन हुने गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बाँकेको राप्ती नदीपारिको नरैनापुर गाउँपालिका हुलाकी सडक सञ्चालनमा आएपछि सहज बन्दै गएको छ।

हुलाकी सडक बनेपछि नरैनापुरबाट आधा घण्टामै नेपालगञ्ज पुग्न सकिने नरैनापुर–४ का ताजमोहम्मद खानले बताए। ‘हुलाकी सडक नहुँदा भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्थ्यो, अहिले आधा घण्टामै पुगिन्छ,’ उनले भने, ‘हुलाकी सडक नरैनापुरवासीको लाइफलाइन बनेको छ।’

सडक बनेपछि नेपालगञ्जबाट नरैनापुरको सुइया बघौडासम्म दैनिक चारवटा सार्वजनिक बस सञ्चालन हुने गरेका छन्। सडकले स्वास्थ्य र शिक्षामा सहज पहुँच पुगेको नरैनापुर–६ का अगुवा सोहनलाल यादवले बताए।

‘पहिला बिरामीलाई अस्पताल लैजान निकै कठिन हुन्थ्यो, अहिले गाउँमै एम्बुलेन्स पुग्छ, बिरामीलाई नेपालगञ्ज लैजान सजिलो भएको छ,’ उनले भने, ‘नरैनापुरमा क्याम्पस छैन, सडक बनेपछि विद्यार्थीलाई नेपालगञ्ज पढ्न जान सहज भएको छ।’

पहिला भारतीय बजारमा निर्भर नरैनापुरलाई हुलाकी सडकले नेपालगञ्जसँग जोडेको यादवले बताए। भित्री गाउँसम्म सडक निर्माणमा गाउँपालिकाले ध्यान दिनुपर्ने उनको सुझाव छ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले हुलाकी सडकले नरैनापुरवासीको जीवनमा ठूलो परिवर्तन ल्याएको बताए। छवटै वडाका गाउँसम्म सडक निर्माणलाई प्राथमिकता दिएको उनले जनाए।

नेपालगञ्ज–बघौडा सडक निर्माणको चर्चा सुरु भएको २३ वर्षपछि ४४ किलोमिटर सडक बनेर आवागमन सहज भएको सङ्घीय सांसद सूर्य ढकालले बताए। सडक निर्माणमा समन्वय र चासो देखाएको भन्दै उनले यसले नागरिकलाई विकासको अनुभूति गराएको उल्लेख गरे। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार