कार्तिक २५, २०८३ बुधबार November 11, 2026

महायज्ञबाट चार करोड ७४ लाख सङ्कलन

महायज्ञ सम्पन्न गर्न रु ४९ लाख ६८ हजार आठ सय ६५ खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कैलाली। मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ-२०८१’ बाट रु चार करोड ७४ लाख ३० हजार चार सय ३५ सङ्कलन गरेको छ ।

आश्रमको कैलाली शाखाले गत वर्ष २०८१ माघ २३ देखि ३० गतेसम्म धनगढीमा आयोजना गरेको महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो ।आश्रमले आज धनगढीमा आयव्यय विवरण सार्वजनिक गरेको हो । महायज्ञमा नगद, क्युआर तथा अनलाइन माध्यम र चेकबाट गरी रु ८१ लाख ८१ हजार नौ सय ७८ सङ्कलन भएको र बाँकी रकमको प्रतिबद्धता रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारी निकायबाट रु २७ लाख ८१ हजार एक सय १२, संस्थागत रु दुई करोड ४८ लाख ९९ हजार पाँच सय ८४ र व्यक्तिगत रु एक करोड १३ लाख २६ हजार पाँच ७४ प्रतिबद्धता रकम भएको छ ।

प्रतिबद्धता गरिएको रकममध्ये हालसम्म रु १४ लाख ८२ हजार ४६ प्राप्त भएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, महायज्ञमा रु एक लाख ४४ हजार दुई सय ५० दान पेटिकामा दान प्राप्त भएको, रु ८३ हजार दुई सय ५२ गोप्यदान र १३ हजार छ सय ७५ बराबरको जिन्सी दान प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न रु ४९ लाख ६८ हजार आठ सय ६५ खर्च भएको कुँवरले जानकारी दिनुभयो । मानवसेवा आश्रमको धनगढी उपमहानगरपालिका–१५ उर्मीमा दुई बिघा जग्गामा निर्माण सुरु गरिएकोे सुदूरपश्चिम प्रदेशस्तरीय भवन निर्माण सम्पन्न गर्न सहयोगार्थ महायज्ञको आयोजना गरिएको जनाइएको छ ।

उक्त भवन निर्माण भएपछि सुदूरपश्चिमका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ । विसं २०७५ मङ्सिर १ गतेबाट धनगढी उपहानगरपालिका-५ तारानगरमा घर भाडामा लिई मानवसेवा आश्रम कैलाली शाखाले सेवा शुभारम्भ गरेको जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना
२०८३ कार्तिक २५, बुधबार
अमेरिकी रक्षामन्त्री हेग्सेथमाथि महाभियोग लगाउने प्रयास विफल
२०८३ कार्तिक २५, बुधबार
‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन कार्यान्वयनमा’
२०८३ कार्तिक २५, बुधबार
बन्दैछ गच्छे-भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै
२०८३ कार्तिक २५, बुधबार
घाम लागिरहेको काठमाडौंमा अचानक वर्षा र असिना, जनजीवन प्रभावित
२०८३ कार्तिक २५, बुधबार
थानीमाई मन्दिरमा एकै दिन भित्रिए ९१ डोली
२०८३ कार्तिक २५, बुधबार
Minister Timilsina calls for global support to rebuild disaster-hit communication infrastructure
२०८३ कार्तिक २५, बुधबार