श्रावण ६, २०८२ मंगलबार July 22, 2025

कौण्डिन्य गोत्रीय आचार्य समुदायका लागि विशेष क्यालेण्डर सार्वजनिक

आचार्य समाजद्वारा २०८२ सालको क्यालेण्डर विमोचन, सातै प्रदेशमा वितरण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 काठमाडौं, २८ बैसाख । आचार्य समाज केन्द्रीय समितिले २०८२ सालको क्यालेण्डर सार्वजनिक गरेको छ। शनिबार आयोजित एक  कार्यक्रममार्फत समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले क्यालेण्डर विमोचन गरेका हुन्।

महासचिव शुभनराज आचार्यका अनुसार, विशेष औपचारिक कार्यक्रम नगरी सातै प्रदेशमा क्यालेण्डर पठाइएको छ भने नपाएका बन्धुहरूलाई समाजको नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।

समाजका प्रवक्ता रामहरि आचार्यको सम्पर्क नम्बर समाजको वेबसाइटमा राखिएको जानकारी पनि महासचिव शुभनराज आचार्यले दिएका छन्। केही जिल्लामा क्यालेण्डर पुग्न बाँकी रहेको र चाँडै नै पठाइने प्रवक्ता आचार्यले बताएका छन्।

आचार्य समाजले विगत झण्डै डेढ दशकदेखि कौण्डिन्य गोत्रीय आचार्य समुदायका लागि आवश्यक क्यालेण्डर प्रकाशन गर्दै आएको छ । यो क्यालेण्डर धार्मिक, संस्कृतिक तथा सामाजिक गतिविधिहरूमा मार्गदर्शन दिने सामग्रीको रूपमा लिइन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार