काठमाण्डौः प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठक मंगलबार बिहान ९:४५ बजेका लागि बोलाइएको छ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।
प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्थानुसार समितिले सभाका कामकारबाहीबारे सभामुखलाई परामर्श दिन्छ । परामर्शका आधारमा सभामुखले नियमावलीले दिएका अधिकार प्रयोग गर्ने अभ्यास छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया