काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दै छ । बुधबार बस्दैछ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई तय गरिएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा एक बजे बस्नेछ ।
प्रतिनिधि सभा बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथी छलफल जारी रहने संसद सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रिय सभा बैठकमा पनि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा ( कर प्रस्ताव वाहेक) सभामा छलफल हुने संसद सचिवालयले बताएको छ।
राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया