श्रावण ५, २०८२ सोमबार July 21, 2025

हुरीले घर भत्कँदा एक जनाको मृत्यु

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर मानबहादुर मगरको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा)। हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया