असार २६, २०८२ बिहिबार July 10, 2025

नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टीः मृतकको संख्या १०७ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा थप ५८१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार ५२० जनामा गरिएको पीसीआर परीक्षणमा ५८१  जनामा सङ्क्रमणको पुष्टि भएको छ । सक्रिय सङ्क्रमितहरू ९ हजार ६४९ रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २७ हजार २४१ पुगेको जानकारी दिनुभयाे । क्वारेन्टिनमा १५ हजार १५८  रहेका छन् ।

पछिल्लो २४ घण्टामा १६० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ७९५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

उपत्यकामा १६८ सङ्क्रमित

काठमाण्डाैँ उपत्यकामा १६८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितहरुमा काठमाडाैँमा १३९, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।

मृत्यु सङ्ख्या १०७ पुग्याे, साेमबार तीनकाे मृत्यु

सोमबार तीन जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौँका ५८ वर्षीया महिलाको निधन भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १०७ पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया