श्रावण ५, २०८२ सोमबार July 21, 2025

बतेनीटार, साउनेपानी र कवादी गाउँमा खानेपानीको सुविधा

सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र बनाइदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बन्दीपुर (तनहुँ), ३ जेठः जिल्लाको म्याग्दे गाउँपालिका–५ अन्तर्गतका बतेनीटार, साउनेपानी र कवादी गाउँका करिब २०० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

सङ्घीय सरकारको तीन करोड रूपैयाँको बजेटमा सञ्चालित बौलाहा ओडार खानेपानी आयोजना सम्पन्न भएपछि यहाँका बासिन्दाले लामो समयदेखि भोग्दै आएको पानीको समस्याबाट मुक्ति पाएका हुन् ।

स्थानीय पदममाया थापाले खानेपानीको मूल टाढा भएका कारण विगतमा एक गाग्री पानी ल्याउन बिहानै उठ्नुपर्ने बाध्यता हटेकोे बताउनुभयो । घर आँगनमै धारा जडान भएपछि त्यस्ता दुःखका दिनहरू बिर्सिएको उहँको भनाइ छ । खानेपानीको समस्या हटेपछि घरधन्दा तथा अन्य काम गर्न पनि सहज भएको सोही वडाकी राधाकुमारी थापाले सुनाउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर थापाकाअनुसार उक्त आयोजना अन्तर्गत तीनवटा मुहानबाट पानी सङ्कल नगर्न तीनवटा ट्याङ्की निर्माण गरिएको छ । तीमध्ये दुईवटा ५०–५० हजार लिटर र एकवटा ७५ हजार लिटर क्षमताका ट्याङ्की रहेका छन् । आयोजना पूरा भएसँगै करिब ९०० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् ।

म्याग्दे–५ का अध्यक्ष शिवबहादुर आलेले धाराबाट २४ सै घण्टा पानी आउने सुविधा भएपछि स्थानीयको दैनिकी नै परिवर्तन भएको बताउनुभयो । उहाँकाअनुसार, अब खाली समयलाई कृषिमा प्रयोग गर्न थालिएको छ, जसले आम्दानी बढाउन सहयोग पुगेको छ । विगतमा महिलाको अधिकांश समय पानी बोक्नमै बित्ने गरेकामा अहिले भने उनीहरू घर र व्यवसायिक गतिविधिमा सक्रिय हुन थालेका छन् ।

म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा ‘एक घर, एक धारा’ अभियानलाई तीव्र पारिएको जानकारी दिनुभयो । खानेपानीसँगै स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गाउँपालिकाले योजनाबद्ध रूपमाकाम गरिरहेको उहाँको भनाइ छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार