श्रावण ५, २०८२ सोमबार July 21, 2025

लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

लागुऔषध कसुरमा म्याद थपगरी अनुसन्धान गर्दै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, २ जेठः भक्तपुरका अवैध लागुऔषध कारोबारी र सेवनकर्ताको बिगबिगी बढेको छ । जिल्ला प्रहरी परिसरले लागुऔषध नियन्त्रण अभियान सुरु गरेसँगै २४ घण्टामा आठ जना कारोबारीलाई पक्राउ गरेको छ ।

विभिन्न जिल्लाबाट भक्तपुर आएर बसोबास गर्नेहरुले यहाँ कारोबार बढाएको र जिल्लावासी युवापुस्तालाई लागुऔषध बिक्री गर्ने गर्दा सेवनकर्तासमेत ह्वात्तै बढेको प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । उहाँले प्रहरी वृत्त र प्रहरी परिसरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट २४ घण्टामा लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानले पक्राउपर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ घर भई हाल मध्यपुरथिमि–६ सिघिकाली डेरामा बस्ने २३ वर्षीय दिनेश लामा र सर्लाहीको लालबन्दी नगरपालिका–१ घर भई हाल मध्यपुरथिमि सिद्धिकाली बस्ने १८ वर्षीय सागर लामा रहेका छन् ।

प्रहरीले उनीहरु बस्दै आएको कोठामा छापामारी लागुऔषध ट्रमेनिल ४५१ थान, निटजिकेयर एक हजार १९० थान, निटरभेट ७२ थान, गाँजा प्रजातिको पोल्यण्ड नामको लागुऔषध ८४० ग्राम, खैरो हिरोइन ९५० मिलिग्राम, दुई थान मोबाइल र नगद रु सात हजार बरामद गरेको प्रनाउ नेउपानेले जानकारी दिनुभयो ।

त्यसैगरी प्रहरीले मध्यपुरथिमि–९ बोडे बस्दै आएका खोटाङको ऐँसेलुखर्क गाउँपालिका–८ घर भएका २५ वर्षीय स्वदेश राई, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरिङ लामा, मध्यपुरथिमि–९ बोडेका २५ वर्षीय अमीर बस्नेत, मध्यपुरथिमि–७ धुञ्चेपाखाका २१ वर्षीय नेस्नल भन्ने सम्राट राई र सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा बस्ने २७ वर्षीय विकास लामालाई पनि पक्राउ गरेको छ ।

उनीहरूलाई मध्यपुरथिमिको बोडे बस्ने स्वदेश राईको कोठाबाट पक्राउ गरिएको जानकारी दिँदै प्रहरीले उनीहरूको साथबाट लागुऔषध इपेस्पेन ४५० पिस, ट्रामाडोल १८० थान, स्टेगा १७३ थान, पोलाण्ड ४६६ थान, नगद रु पाँच हजार र मोबाइल तीन थान बरामद गरेको उहाँले बताउनुभयो । प्रहरीले आज उनीहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषध कसुरमा थप अनुसन्धान एवं कारबाही अगाडि बढाएको उहाँले बताउनुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा घर भई बालकोट डेरा गरी बस्ने ३७ वर्षीय हरिनाथ कोइरालालाई उनकै डेरा कोठाबाट एक ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी गराउनुभयो । लागुऔषध कसुरमा म्याद थपगरी अनुसन्धान कार्य भइरहेको उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार