काठमाण्डौंः सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवाश बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।
भण्डारी केही दिनअघि मात्र चार बर्षको लागी काउन्सिलको सदस्य नियुक्त भएकी थिइन् । बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले युगखबर अनलाईनलाई जानकारी दिए ।
पत्रकारितामा क्रियाशिल अधिवक्ता दुर्गा भण्डारी पोखरामा बसेर पत्रकारिता गर्छिन् । उनी नेपाल पत्रकार महासंघको पुर्व केन्द्रीय सदस्य हुन भने पूर्व एमाले निकट प्रेस चाैतारी नेपालको पूर्व सचिव समेत हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया