श्रावण ५, २०८२ सोमबार July 21, 2025

हुन्डीको रकमसहित काठमाडाैंबाट एक जना पक्राउ

पेप्सीकोला बस्ने २४ वर्षीय सञ्जय बस्नेत प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले २० लाख २९ हजार ६२० रुपैयाँ हुन्डी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौं महानगरपालिका- २४ जुद्ध सालिकस्थितबाट सिन्धुपाल्चोकको
बाह्रबीसे नगरपालिका- ४ पलाती घर काठमाडौं महानगरपालिका- ३२ पेप्सीकोला बस्ने २४ वर्षीय सञ्जय बस्नेत उक्त हुन्डी रकमसहित आज पक्राउ गरिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले रीतपूर्वक खानतलासी गर्दा फेला उक्त हुन्डी रकम बरामद भएको एसपी बोहराले जानकारी दिए ।

बस्नेतको साथबाट १००० दरको नोट १,७७९ वटा अर्थात् १७ लाख ७९ हजार, ५०० दरको नोट ५०१ वटा अर्थात दुई लाख ५० हजार ५००, १०० दरको नोट १ वटा अर्थात १०० र २० दरको १ वटा अर्थात २० रुपैयाँ बरामद भएको परिसरले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट आइफोन १४ प्रो एक थान र हस्ताक्षर गरेको तथा खाली विभिन्न बैंकको ३० थान चेकसमेत बरामद भएको छ । प्रहरीले नियन्त्रणमा लिएका बस्नेतविरुद्ध थप अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार