असार २१, २०८२ शनिबार July 5, 2025

प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रदेश २ को सभाबाट सर्वसम्मति पारित गरेको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन ।

प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष पठाइएकामा सो विधेयकमा प्राविधिक त्रुटि रहेको र शब्द संयोजन लगायतका विभिन्न दफा उपदफामा केही त्रुटि रहेकाले सच्याउनका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पठाएको बताइएको छ ।

विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द संयोजनसमेत नमिलेको कारण देखाउँदै प्रदेश सरकारलाई फिर्ता पठाएको प्रदेश प्रमुखका सचिव पदम विश्वकर्माले जानकारी गराउनुभयो ।

प्रदेश नं २ सरकारको विधेयकले प्रेसमाथि अङ्कुश लगाएको र प्रेस विरोधी रहेको भन्दै विधेयक फिर्ता लिन नेपाल पत्रकार महासङ्घ प्रदेश २ ले माग गर्दै आएको अध्यक्ष दीपेन्द्र चौहानले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया