असार २१, २०८२ शनिबार July 5, 2025

प्रतिनिधि सभाको बैठक भोलि दिउसो १:३० बजे बस्ने गरी स्थगित

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अबरोध जारी राख्ने प्रतिपक्षीदलहरुको अडानका बीच सूचना टास गरेर रोकियो बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रतिनिधिसभाको बैठक भोलि १ :३०बजे सम्मका लागि स्थगिगत भएको छ ।

गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर प्रतिपक्षी दलको अवरोधका कारण प्रभावित हुँदै आएको बैठक आज पनि नियमित कार्यसुचीमा प्रवेश गर्न सकेन । बैठक सुरु हुन साथ विपक्षीले अवरोध सुरु गरेका थिए । त्यस पछि आधा घण्टाका लागि स्थगित बैठक पटक पटक सरिए पनि संचालन हुन सकेन ।

अन्तत् गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अबरोध जारी राख्ने प्रतिपक्षीदलहरुको अडानका बीच सूचना टास गरेर भोलि १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया