काठमाडौं, जेठ १५ – गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति भएको बताएका छन्।
उनले गणतन्त्रलाई केवल राजनीतिक उपलब्धि होइन, नागरिकको जीवनसँग जोड्न शासकीय चरित्र, राजनीति र नेताको शैली परिवर्तन गर्नुपर्नेमा जोड दिए।
“जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा हुँदैन,” राष्ट्रपति पौडेलले भने।
उनले सुशासन, समृद्धि, रोजगार, न्यायोचित वितरण र सामाजिक न्यायका लागि स्रोत साधनको अधिकतम उपयोग गर्नुपर्ने बताए।
राष्ट्रपतिले गणतन्त्रलाई आचरणशील राजनीतिक र सामाजिक जीवनपद्धति भन्दै यसको मूल्यमान्यता रक्षा गर्दै सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया