असार २३, २०८२ सोमबार July 7, 2025

तलब नबढे पनि महँगी भत्ता पाँच हजार पुग्यो

साउन १ गतेदेखि सबै कर्मचारीलाई पाँच हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ १५ । सरकारले चालू आर्थिक वर्षमा कर्मचारीको तलब नबढाउने भए पनि महँगी भत्ता बढाउने निर्णय गरेको छ। बिहीबार संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइएको जानकारी गराएका हुन्।

अर्थमन्त्री पौडेलका अनुसार, तलब वृद्धि गर्नुपर्ने आवश्यकता सरकारलाई स्पष्ट भए पनि स्रोतको व्यवस्थापन चुनौतीपूर्ण रहेकोले सो सम्भव नभएको हो। तर, महँगीको चाप कम गर्न भत्ता वृद्धि गर्ने निर्णय गरिएको उनले बताए।

“तलब वृद्धिको आवश्यकताको हामीले अनुभूति गरेका छौँ। तर आर्थिक दवाबका कारण अहिले तलब बढाउन सकिने अवस्था छैन,” मन्त्री पौडेलले भने, “तर साउन १ गतेदेखि सबै कर्मचारीलाई पाँच हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराइनेछ।”

यसअघि कर्मचारीहरूले दुई हजार रुपैयाँ महँगी भत्ता पाउँदै आएका थिए। अब तीन हजार रुपैयाँ थपिएर भत्ता पाँच हजार पुगेको छ।

सामाजिक सुरक्षामा सन्देश

सरकारको यो निर्णयलाई महँगीले थिचिएको कर्मचारी वर्गलाई राहत दिने संकेतका रूपमा हेरिएको छ। यद्यपि तलब यथावत् राखेर भत्ता वृद्धि गर्नुले दीर्घकालीन समाधान नहुने कर्मचारी संगठनहरूको भनाइ छ। उनीहरूले संरचित तलब पुनरावलोकनको आवश्यकता औंल्याउँदै आएका छन्।

बजेटमा नयाँ रोजगारी सिर्जना, विकास खर्च, संघीयता कार्यान्वयन, र सामाजिक सुरक्षाको विस्तार जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार