असार २१, २०८२ शनिबार July 5, 2025

वर्तमान राजनीतिक व्यवस्थालाई सुदृढ बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड

ऐन, कानुन निर्माण, संविधान संशोधन वा अन्य जटिलता अन्त्य गर्न आफू क्रियाशील रहेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली जनताको ठूलो त्याग, बलिदान र संघर्षबाट प्राप्त संघीय गणतन्त्रात्मक शासन पद्धतिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

व्यवस्थापन संघ नेपालको आज आयोजित पाँचौँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा उनले लोकतन्त्र, समावेशिता र समानुपातिक निर्वाचन प्रणाली राजनीतिक उपलब्धि भएका बताए । उनले यी उपलब्धिको संस्थागत विकासमा जोड दिए।

अध्यक्ष दाहालले देशको नीति निर्माणको स्थलमा आफू भएको नाताले ऐन, कानुन निर्माण, संविधान संशोधन वा अन्य जटिलता अन्त्य गर्न आफू क्रियाशील रहेको बताए । उनले सबैलाई संविधानको दायराभित्र रहेर गणतान्त्रिक शासन व्यवस्थालाई सबल बनाउनुपर्ने विचार व्यक्त गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया