असार २२, २०८२ आइतबार July 6, 2025

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै

नागरिकता ऐन संशोधन सम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसद अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको ७४औँ बैठक आज बिहान सिंहदरबारमा बस्दैछ। बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको हो।

समितिको आजको बैठकमा प्रमुख कार्यसूचीको रूपमा “नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१” माथि सैद्धान्तिक छलफल गरिने छ।

नागरिकता सम्बन्धी कानुनमा देखिएको अस्पष्टता र समयानुकूल सुधार आवश्यकताका विषयमा समिति सदस्यहरूबीच विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया