असार २३, २०८२ सोमबार July 7, 2025

नेप्से परिसुचक दोहोरो अंकले घट्यो

रिभर फल्स पावर र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।

कारोबार हुने पछिल्ला ३ कारोबारदेखि लगातार घटिरहेको नेप्से आइतबार ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा झरेको छ। आजसेन्सेटिभ इण्डेक्स २.०५ अंक, फ्लोट इण्डेक्स ०.८० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७१ अंक घटेको छ।

गत बिहीबार ७ अर्ब ९७ करोडमा सीमित भएको कारोबार रकममा भने आइतबार वृद्धि भएको छ । आज ३१३ स्टकको ८६ हजार ६३६ पटकको कारोबारमा ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँबराबरको १ करोड ९९ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री भएका छन् ।

रिभर फल्स पावर र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । चिलिमे हाइड्रोपावर कम्पनी र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतले बढ्दा ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्यमा १० प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको राधी विद्युत कम्पनीको ७२ करोड ९५ लाख १४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। युनिभर्सल पावर कम्पनीको ६२ करोड र ङादी ग्रुप पावरको साढे ६१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशत बढीले र होटल तथा पर्यटन उपसमूहको परिसूचक सामान्य प्रतिशतले बढेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक सबैभन्दा बढी १.०५ प्रतिशतले घटेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार