असार २३, २०८२ सोमबार July 7, 2025

नेप्से परिसूचक २३ दशमलव १९ अङ्कले बढ्यो

आजको कारोबारपछि बजार पुँजीकरण रु ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २३ दशमलव १९ अङ्क अर्थात् शून्य दशमलव ८८ प्रतिशतले बढेर दुई हजार ६५३ दशमलव ०९ विन्दुमा कायम भएको छ ।

आज १९१ कम्पनीको शेयर मूल्य बढ्दा ५६ वटाको घटेको छ । साथै एउटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका ७८ हजार ८४८ कित्ता शेयर आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ ६२ पैसामा कारोबार भएका छन् ।

साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेका छन् । साथै भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सात दशमलव ४७ प्रतिशतले ओरालो लाग्दा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव २३ प्रतिशतले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार