काठमाण्डौः नेपालमा पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए । यो सहित संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा जम्मा १ सय २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ । काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.गौतमले जानकारी दिए।
कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २३ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी, पर्सा, बारा, सिरहा, भक्तपुर र मकवानपुरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४६ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया